काठमाडौ । सरकारले केपी ओली सरकारका पालामा नियुक्त भएका विभिन्न ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले संसदीय सुनुवाईबिनै राजदूत नियुक्त गर्ने अघिल्लो सरकारको निर्णय खारेज गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
केपी ओली नेतृत्वको अघिल्लो सरकारले गत जेठ १ गते रूस, अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिष्ट, ब्राजिल, डेनमार्क, म्यानमार, अरेबिया, बहराइन, अष्ट्रियामा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को आजको निर्णयअनुसार उक्त देशहरुका लागि गरिएको राजदूतनियुक्ति खारेज भएको छ ।
Comments are closed.