Nepal's First Video FM

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज

401

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने तय भएको हो । बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको छ ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा राख्ने गरिएको बैठकबारे तीव्र आलोचना भएपछि देउवा निवासमै बैठक बस्न लागेको हो । प्रधानमन्त्री देउवालेसमेत पार्टीका कुनै पनि बैठक बालुवाटारमा नगर्ने वचन दिनुभएको छ । आजको बैठकले कांग्रेस महाधिवेशन केही पछि सार्ने र क्रियाशील विवादबारे निर्णय गर्ने बताइएको छ ।

You might also like

Comments are closed.