Nepal's First Video FM

चर्चित गायिका सम्झना भण्डारी र सुर्य खड्काको आयो तहल्का पिट्ने तीज गीत (भिडियो)

447

काठमाण्डौ – लोकप्रिय गायक सुर्य खड्का र सम्झना भण्डारीको आवाज रहेको नयाँ गीत चाँदी बटन छोटो समयमै चर्चा कमाउन सफल भएको छ । गीत सार्वजनिक भएको एक दिनमै एक लाख भन्दा धेरै दर्शक बनाउँदै उत्कृष्टको सूचिमा आएको हो । अर्जुन सुवेदीको उत्कृष्ट र समसामयिक शब्द चयनमा बनेको गीतलाई गायक खड्कालेनै लय भरेका छन ।

शंकर विसीले निर्देशन गरेको सो गीतमा निक्स शर्मा र अञ्जली अधिकारीको नृत्य रहेको छ । गीतको सम्पुर्ण पक्ष निकै दमदार रहेको छ । गीत सार्वजनिक भएपछि सबैले राम्रो प्रतिक्रिया दिइरहेको गायक सुर्य खड्काले आर्थिक सन्देशलाई जानकारी दिनु भयो ।

You might also like

Comments are closed.