Nepal's First Video FM

झ्यालमा पर्दा छ गीत हिट भएपछि फेरी ल्याईन सुमनले तीज गीत ‘संगिनी’

622

नेपाली लोक दोहोरी क्षेत्रमा सबै भन्दा छोटो समयमै करोडको क्लबमा प्रबेस भएको गीत झ्ग्यालामा पर्दा छ गीतकी गायिका सुमन थापा मगरले नारिहरुको महान पर्व हरितालिका तीजलाई लक्षित पारि नया तीज सार्बजनिक गरेकी छिन।आफ्नै युटुब च्यानल मार्फत उनले तीज गीत ‘संगिनी’बजारमा ल्याएकी हुन्।

संगिनीमा बहुचर्चित गायिका शर्मिला गुरुङ र सुमन थापा मगरले आवाज दिएका छन भने लय शोभाकर संगीतले भरेका छन।झ्यालमा पर्दा छ गीतकै गीतकार नेत्र अर्यालको शब्द रहेको गीतमा सुमन आफैले लगानी गरेकी छिन।मौलिक तीजको झल्को मेट्ने गीत निकै उत्कृष्ट बनेको छ।

गीतमा चर्चित मोडलहरु रिना थापा,रुबिना अधिकारी ,ऋतु तामाङ्ग,दिब्यानी ओली,अस्मिता रनपाल,प्रमिला तामाङ्ग,लक्ष्मी थापा मगर र अमृता लामिछाने रहेका छन।मौसम हिमालीको निर्देशन र करण चैसिरको छायांकन रहेको भिडियोको सम्पादन भने मनोज कार्कीको रहेको छ।गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना सहित यो भिडियो हेर्नुहोस :

You might also like

Comments are closed.