Nepal's First Video FM

नेकपा केन्द्रले पाउने ७ मन्त्रि, आकाँक्षि ४९ सांसदको, प्रचण्ड तनाबमा

325

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका ४९ सांसदहरु नै मन्त्रीका लागि आकाँक्षि भएपछि आफु तनाबमा रहेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औँ स्मृति दिवसको अवसरमा बोल्दै उनले मन्त्रीका लागि सबैतिरबाट आफूमाथि दबाब आइपरेको बताएका हुन्।

पार्टीका सबैजसो सांसदहरु मन्त्री चाहियो भनेर आफूकहाँ आउने क्रम बढेको बताउँदै उनले भने, ‘अहिले हामीले मन्त्री पायौँ भने ७ जनासम्मलाई बनाउन पाउने हो। तर यहाँ सबैलाई मन्त्री चाहिएको छ। म ती-चार दिनदेखि निकै तनावमा छु। सके त मैले ४९ जनालाई नै मन्त्री बनाइदिन पाए हुन्थ्यो जस्तो लागेको त छ नि, तर यो मिल्दैन।’

मन्त्री पद पाए मात्रै नेतृत्वलाई राम्रो भन्ने नत्र सराप गर्ने प्रवृत्ति बढेको पनि उनले सुनाए। यस्तो प्रवृत्तिले पार्टीको हित नगर्ने बताउँदै अध्यक्ष प्रचण्डले नरबहादुर कर्माचार्यको आदर्श व्यक्तित्वबाट पार्टीका नेता तथा कार्यकर्ताले सिक्नुपर्ने बताए।

साथै उनले अहिले आफूहरुको सत्ता गठबन्धन भत्काउन अनेक प्रयास भैरहेको पनि बताए। संसद विघटनविरुद्धको संघर्षमा आफूहरुले जितेपछि निवर्तमान प्रधानमन्त्री केपी ओली छटपटाएको सुनाउँदै अहिले पनि सत्ता गठबन्धनलाई टुटाउने प्रयास कतै न कतैबाट भैरहेको बताए ।

You might also like

Comments are closed.