Nepal's First Video FM

पार्टीका शीर्ष नेतृत्वसँग छलफल नगरी कुनै पक्षमा हस्ताक्षर गर्दिन : सांसद रेशमलाल चौधरी

214

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारणी समिति सदस्य तथा प्रतिनिधिसभा सांसद रेशमलाल चौधरीले पार्टीका शीर्ष नेतृत्वसँग छलफल गरेपछि मात्र कुन पक्षमा हस्ताक्षर गर्ने टुङ्गोमा पुग्ने बताएको छ । निर्वाचन आयोगले आज सोमबार गरेको सो पार्टीको कार्यकारणी समिति सदस्यहरुको ‘हेड काउन्ट’का लागि सांसद चौधरी दिउँसो २ः२० बजे आयोग पुगेको हो।

निर्वाचन आयोग पुगेपछि मिडियाले प्रतिक्रिया लिन खोज्दा उनले आफ्नो मुद्दा सम्बोधन गर्ने पक्षलाई मतदान दिने बताए। “टीकापुर घटना र मुद्दाका विषयमा हाम्रो पार्टी नेतृत्वले के गरिरहेको छ, त्यसबारे दुवै पक्षका शीर्ष नेताहरुसँग छलफल गर्छु, उहाँहरुको विचार सुनेपछि मात्र कुन पक्षमा हस्ताक्षर गर्ने निक्र्यौल गर्छु” उनले भने। आयोग भित्र कार्यकारणी समिति सदस्य चौधरीले नेता उपेन्द्र यादव तथा अर्का अध्यक्ष महन्थ ठाकुरसँग छुट्टाछुट्टै छलफल गर्ने बताए।

कुल ५१ सदस्यीय कार्यकारणी समितिमध्ये आयोगमा पुगेर सो पार्टीका सदस्यमध्ये ३४ जनाले अध्यक्ष यादव पक्षमा हस्ताक्षर गरेका छन्। त्यस्तै १६ जना अध्यक्ष ठाकुर पक्षमा हस्ताक्षर भएको आयोगले जनाएको छ । कार्यकारिणी सदस्य चौधरी सनाखत गर्ने अन्तिम नेता रहेएकाले उनले उपेन्द्र पक्षमा हस्ताक्षर गरे ३५ संख्या पुग्नेछ । ठाकुर पक्षमा हस्ताक्षर गरे १७ जना पुग्नेछ ।

You might also like

Comments are closed.