Nepal's First Video FM

आमा बन्दै प्रियंका कार्की”छोरा कि छोरी” भिडियो सहित हेर्नुहोस

743

चैत्र ३,प्रि.प्रोडक्सनको अन्तिम तयारीमा रहेको विकासको ‘नाईं नभन्नू ल ५’ मा मुख्य भूमिकामा प्रियंका फाइनल भएकी छन् । लेखक, निर्माता तथा निर्देशक विकासराज आचार्यसँग नायिका प्रियंका कार्कीले अब चौथो पटक काम गर्ने भएकी छन् । प्रियंका सँगै चलचित्रको लागि लगभग सबै कलाकारहरु पक्का भैसकेको विकासका निकटम स्रोत बताउँछन् ।

स्रोतका अनुसार विकासले पुराना कलाकारको निरञ्तरता सहित केही नयाँ र केही अग्रज तथा अनुभवी कलाकारलाई लिएका छन्। प्रियंकाको अपोजिटमा अभिनेता दीलिप रायमाझीलाई अनुबन्धित गरिएको यस्तै बाल कलाकार अनुभव रेग्मीका लागि नयाँ बाल कलाकार सेड्रिना शर्मा अनुबन्धित भएको अनुभव र सोड्रिना यतिबेला वर्कसर्पमा व्यस्त छन् रहेको कुरा प्राप्त भएको छ ।

यस्तै ‘नाईं नभन्नू ल’ सिरिजमा नायिका स्वस्तिमा खड्काको ईन्ट्री भएको छ । चलचित्रमा प्रियंका र स्वस्तिमा आमा र छोरीको भूमिकामा रहनेछन् । ‘अर्की एक नायिकाको खोजि भइरुहेको बताइएको छ । यस्तै कलाकारहरु बुद्धि तामांग, जयनन्द लामा र नयाँ अनुहार अभिषेक नेपालले ‘नाईं नभन्नु ल ५’ मा अभिनय गर्नेछन् ।

चैतको दोश्रो सातादेखि फिल्मको छायाँकन सुरु हुनेछ । बसन्त सापकोटाको संगीत यथावत रहनेछ भने पुरुषोत्तम प्रधानको छायाँकन रहनेछ । चलचित्रलाई भदौ ८ गते प्रदर्शन गर्ने बुझिएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.