काठमाडौँ, नेपाल फाउण्डेसनले हिन्दू धर्ममा श्रावण महिनालाई शिवको महिना भनेर पनि भनिने गरिन्छ । यो महिना दुध अर्पण गर्दा शिव भक्ति बढ्ने प्रचलन रहेको छ ।
यहीँ प्रचलनलाई जोगाउन सोमबार ओली सरकारमा पर्यटनमन्त्री बनेका उमाशंकर अरगरिया पनि सामेल थिए । उनीसँगै फाउण्डेसनका अध्यक्ष विकासकुमार ठाकुर, राजनीतिक विश्लेषक देवेश झालगायत सहभागी थिए।
सोमबार उनीहरुले सामूहिक रुपमा एकसाथ एक सय लिटर दुध बाग्मतीमा अर्पण गरेका छन् ।
बाग्मतीपछि अब जनकपुरमा पनि दूध चढाउने कार्यक्रम रहेको बताइएको छ। आगामी हप्ता प्रदेश नम्बर २ का प्रदेश प्रमुखको उपस्थितिमा दूध अर्पण गर्ने कार्यक्रम तय गरिएको बताइएको छ ।
Comments are closed.