Nepal's First Video FM

डा. भट्टराईले गरे रवीन्द्र मिश्र माथि व्यङ्ग्य “झिंगाको सरापले डिंगा मर्दैन !”

484

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको प्रस्तावप्रति आफ्नो प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीरमार्फत उनले मिश्रको प्रस्तावलाई झिंगाको सरापले डिंगा नमर्ने भन्दै कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित हुन नपर्ने बताएका छन् ।

उनले लेखेका छन् “संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् भन्न डराउनुपर्दैन ।” वैकल्पिक राजनीतिको सपना बोकेका युवाहरूलाई सतर्क रहन समेत उनले आग्रह गरेका छन् ।

You might also like

Comments are closed.