Nepal's First Video FM

पूर्व सभामुख महरामाथि लागेको बलात्कार अभियोग : उच्च अदालत पाटनद्वारा सफाइ

759

कठमाडौं – पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार अभियोगमा उच्च अदालत पाटनले पनि सफाइ दिएको छ । यसअघि काठमाडौं जिल्ला अदालतले गरेको अभियोगको दाबी नपुग्ने फैसलालाई उच्च अदालतले पनि सही भएको ठहर गरेको छ ।

उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र बिमल सुवेदीको इजलासबाट सो फैसला भएको उच्च अदालत पाटनकी प्रवक्ता अमृता शर्माले जानकारी दिए। संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो ।

जिल्ला अदालत काठमाडौंले पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोग दाबी नपुग्ने ठहर गरेको थियाे ।

You might also like

Comments are closed.