माघ १४, गत भदौ १४ मा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै देउवा नेतृत्वको सरकार कामचलाउ एवं चुनावी सरकारको हैसियतमा परिणत हुदै आचारसंहितामा बाँधिएको थियो ।
आजको नेपाल साप्ताहिकमा खबर छ- निर्वाचन सहजीकरण, सुरक्षा र दैनिक प्रशासन सञ्चालन गर्नु मात्र उसको दायित्व थियो । यसबाहेक दीर्घकालीन प्रकृतिका नीतिगत निर्णय, आर्थिक सहायता वितरण, नियुक्ति, सरुवा, बढुवाजस्ता निर्वाचनमा जनमत प्रभावित हुने गतिविधि गर्न पाँइदैन ।
तर, उसले चुनावी सरकारको सीमासमेत कुल्चेर निर्वाचन आचारसंहिताकै धज्जी उडायो र पटक पटक गलत नजिर स्थापित गर्यो ।
आचारसंहिता आकर्षित हुने गरी देउवा सरकारले भदौ १४ गते देखि मंसिर ११ गते सम्म ५३ वटा राजनीतिक नियुक्ति, ९० वटा करार नियुक्ति १ सय १२ वटा सरुवा, २ सय ५२ काज, ३१ वटा बढुवासम्बन्धी, एक सय वटा नीति, नियम र बजेट संशोधनका निर्णय, १० वटा आर्थिक सहायता वितरणसम्बन्धी निर्णय, ९ सय ८८ वटा विदेश भ्रमणका कार्यक्रम स्वीकृत गरेको निर्वाचन आयोगको अभिलेखमा उल्लेख छ ।
Comments are closed.