Nepal's First Video FM

ओली नेतृत्वको जस्तो वेथितीबाट मुक्त बनाउन भन्दै बर्तमान सरकारलाई खबरदारी: गगन थापा

191

काठमाडौ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले जस्तो विधि प्रक्रिया र वेथितीबाट बर्तमान सरकारलाई मुक्त बनाउनुपर्ने भन्दै सत्तारुढ दलका सांसदहरुले खबरदारी सुरु गरेका छन् । प्रतिनिधिसभाको मंगलवारको बैठकमा बोल्दै सत्तारुढ सांसदहरुले बर्तमान सरकारलाई सहि बाटोमा हिडाउनका लागि संकल्प प्रस्ताव पास गर्नुपर्ने माग गरे ।

प्रतिनिधिसभाको मंगलवारको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद गगन थापाले नयाँ सरकारलाई अघिल्लो सरकारको जस्तो कुनै पनि अपराध गर्ने छुट नभएको बताए । उनले बर्तमान सरकारलाई अधिल्लो सरकारबाटोमा हिड्न रोक्नका लागि संकल्प प्रस्ताव संसदबाट पास गर्नुपर्ने माग गरे ।

त्यस्तै सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले बर्तमान सरकार पनि अघिल्ले सरकार जस्तै गफाडी हुने चिन्ता व्यक्त गरे । उनले सरकारका मन्त्रीहरुले सस्तो लोकप्रियताका लागि जथाभावि बोल्ने गरेको भन्दै आपत्ती जनाए ।

नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले संविधानले व्यवसायीलाई सांसद बन्न दिएको बताउदै तिनै सांसद मन्त्री बन्दा भने टिकाटिप्पणी हुने गरेकोमा गुनासो गरे ।

प्रतिनिधी सभाको बैठक साउन १५ गते बस्नेगरी स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले साउन १५ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सदनमा जानकारी गराएका हुन् । आजको बैठकमा शून्य र विशेष समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

You might also like

Comments are closed.