Nepal's First Video FM

एक घण्टा अंग्रेजीमा बहस गर्न ऋषि धमलाको आलोचकलाई चुनौती !

632

पत्रकार ऋषि धमला केही दिन यतादेखि चर्को आलोचनाका पात्र बनेका छन्। पत्रकार धमलाले एक भारतीय टेलिभिजन डिडि न्युजमा रिर्पोटिङ गर्ने क्रममा हिन्दी बोलेपछि सामाजिक सञ्जालमा उनको चर्को विरोध भएको थियो भने उनलाई मजाकको पात्र समेत बनाइएको छ।

सोमबार भएको युएस बाङ्ला विमान दुर्घटनाको बारेमा भारतीय टेलिभिजन डिडि न्युजमा रिर्पोटिङ गर्ने क्रममा धमलाले हिन्दी बोलेका थिए।
जहाँ टेलिभिजनबाट सञ्चारकर्मीले भने धमलालाई अङ्ग्रेजीमा प्रश्न सोधेका थिए।

अङ्ग्रेजी भाषामा सोधेको प्रश्नको जवाफ हिन्दीमा दिएको भन्दै सामाजिक सञ्जालमा धमलाको ट्रोलहरु बन्नुका साथसाथै निकै नकारात्मक प्रतिकृया पनि आइरहेका छन्। अनेक भनी धमलालाई कोही-कोहीलाई गाली समेत गरेका छन्। जसका कारण धमला पत्नि तथा नायिका एलिजा गौतमले पनि त्यसको कडा प्रतिवाद गरेकी थिइन आफ्नो फेस्बुकमा एक स्टाटस लेख्दै।

चर्को आलोचना पछि एक अनलाइन मिडियासँग कुरा गर्दै पत्रकार ऋषि धमलाले आलोचनाबाट आफू नआत्तिएको बताएका छन् भने उनले आफ्ना आलोचकहरुलाई चुनौती समेत दिएका छन्। धमला भन्छन् – ‘एक घण्टा अँग्रेजीमा वहस गरौं र भन्नु म अँग्रेजी बोल्न र लेख्न सक्छु कि सक्दिँन’। उनले हिन्दि बोल्नुको कारण समेत अन्तर्वार्तामा खोलेका छन्। पूरा जानकारीको लागि तलको भिडियो हेर्नुस्।

DCNEPAL

You might also like

Comments are closed.