Nepal's First Video FM

उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएकोमा गल्ती भयो : प्रधानमन्त्री देउवा

469

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएकोमा गल्ती स्वीकार गरेका छन्। सत्तारुढ गठबन्धनमा रहेका दलसँग सल्लाह नगरी राज्यमन्त्री बनाएकोमा उनले गल्ती स्विकार गरेका हुन्।

अबदेखि गठबन्धनमा सल्लाह नगरी कसैलाई पनि मन्त्री नबनाउने देउवाले प्रतिबद्धतासमेत जनाएका छन्। बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्री बनाउँदा गल्ती भएको स्वीकारेका हुन्।

काँग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल पक्षका नेताहरु सम्मिलित बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले स्वार्थ बाझिने उमेश श्रेष्ठलाई किन स्वास्थ्य राज्यमन्त्री बनाएको ?भन्दै प्रधानमन्त्री देउवामाथि प्रश्न गरे।

You might also like

Comments are closed.