Nepal's First Video FM

माधव नेपाल पक्षले प्रधानमन्त्री देउवालाई दियो सरकारमा नजाने संदेश

301

काठमाडौं – माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ । पार्टी एकताकै दिशामा रहेकोले अहिले नै सरकारमा सहभागी हुन नेपाल पक्ष असहमत भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बिहन गठबन्धनका सबै दलहरुका नेताहरुलाई बोलाएर बैठक बसेका थिए । सो क्रममा माधव नेपाल पक्षको प्रतिनिधित्व गदै बैठकस्थल पुगेका डा. विजय पौडेलले तत्काल सरकारमा सहभागी हुन नसकिने भनेर प्रतिकृया दिएको स्रोतको भनाइ छ ।

बिहानको बैठकमा गठबन्धनका सबै नेताहरुलाई प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम मागेका थिए । तर पौडेलले भने एमाले एकताकै पक्षको दिशामै रहेकाले सरकारमा सहभागी हुन तत्काल सम्भव नरहेको प्रतिकृया दिएको बुझिएको छ । यसअघि नेता माधव कुमार नेपालले एकताको प्रकृयासँगै सरकारमा सहभागी हुने बताउदै आएका थिए ।

You might also like

Comments are closed.