काठमाडौं – सत्तापक्षीय गठबन्धनको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ । बुधबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब १ घन्टा गठबन्धनको बैठक बसेको हो ।
बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले दिनुभयो । यस्तै बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको छ भने त्यसबारे गृहकार्य गरेर मूर्तरूप दिइने खड्काले जानकारी दिनुभयो ।
सरकार बनेको दुई साता वितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । प्रधानमन्त्री देउवाको क्याविनेटमा अहिले नेकपा माओवादी केन्द्रबाट दुई मन्त्री र नेपाली काँग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन् ।
Comments are closed.