Nepal's First Video FM

कांग्रेस क्रियाशील सदस्यता विवाद मिलाउने जिम्मा शीर्ष नेतालाई

311

नेपाली कांग्रेसले बाँकी रहेको क्रियाशील सदस्यता विवाद पाँच दिनभित्र मिलाउने भएको छ । विवाद मिलाउने जिम्मा शीर्ष नेताहरुले लिएका छन् । क्रियाशील सदस्यता छानविन समितिले मिलाउन नसकेका बारा, सप्तरी, धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २ तथा सिन्धुपाल्चोक र रसुवाको विवाद शीर्ष नेताहरुले समाधान खोज्ने भएका हुन् ।

बिहीबार सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा विवादको विषय शिर्ष नेतृत्वले मिलाउने छलफल भएको समिति संयोजक रमेश लेखकले जानकारी दिनुभयो ।

समिति सदस्य प्रदीप पौडेलका अनुसार बुधबार थपिएको २४ घण्टाको समयमा समितिले करिव १० वटा वडाको समस्या समाधान गरेको छ । जसमा कैलाली, धादिङ , हेटौडा लगायका जिल्ला रहेका छन् । समितिले एक सय वडाको समस्या समाधान गर्न नसकेको पौडेलले बताउनुभयो ।

You might also like

Comments are closed.