Nepal's First Video FM

उपत्यकामा आजदेखि ५० वर्ष माथिका नागरिकलाई भेरोसेल खोप दिइँदै, अरु उमेर समुहले नपाउने !

253

काठमाडौं । काठमाडाैं उपत्यकामा आजदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदै छ ।

स्वास्थ्य सेवा विभागका अनुसार यसअघि छुटेका ५० वर्षमाथिका नागरिक, प्राध्यापक, शिक्षक, चालक र सहचालक तथा अत्यावश्यक सेवामा काम गर्नेहरुलाई पहिलो मात्राको खोप लगाइनेछ । काठमाडाैं महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको छ ।

अत्यावश्यक सेवाका व्यक्तिको हकमा राधास्वामी आइसोलेशन सेन्टर सामाखुसी, वीर अस्पताल, निजामती अस्पताल, शिक्षण अस्पताल महारागञ्ज र टेकु अस्पतालमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।

खोप लगाउन आवश्यक पर्ने नागरिकता लगायत परिचय खुल्ने प्रमाणपत्रसहित बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको केन्द्रमा जान सकिने महानगरपालिकाले जनाएको छ । काठमाडौं उपत्यकामा बिहीबारबाट निरन्तर कोरोना बिरुद्धको खोप लगाइदैछ ।

You might also like

Comments are closed.