Nepal's First Video FM

‘युथ फोर्स’ जस्तो मुड्कीले बंगारा भत्काउने संगठन बनाउन आवश्यक छैन : नेता नेपाल

190

काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपालले युथ फोर्सजसरी मुड्कीले बंगारा भत्काउने संगठन नबनाउन अखिल फोर्सलाई सुझाव दिएका छन् । अनेरास्ववियुद्वारा आयोजित अखिल फोर्स वृहत भेलालाई सम्बोधन गर्दै युथ फोर्सजस्तै बंगारा भत्काउने संगठन नबनाउन र स्वयंसेवक वा भोलिन्टियर जेभन्दा ठीक हुन्छ त्यतातिर ध्यान दिन नेता नेपालले सुझाव दिए ।

उनले भने, ‘अखिल फोर्स भन्नेवित्तिकै कतिपय मान्छेलाई पर्न सक्छ– कतै यो मुड्की हिर्काउने त होइन । बंगारा भत्काउने त होइन भनेर भनिरहनु पनि भएको छ । त्यसैले यो फोर्सको नाम भोलिन्टियर भन्दा हुन्छ कि स्वयंसेवक भन्दा हुन्छ कि हुन्छ त्यता पनि ध्यान दिनुस् ।’

अखिले फोर्स पूराना विद्यार्थी संगठन भएको बताउँदै यस संगठनमा आवद्ध सबै विद्यार्थीहरु इमान्दार हुनुपर्ने उनले बताएका छन् । ‘अखिल विद्यार्थीहरुको पूरानो संगठन । स्कुल, स्कुल, विश्वविद्यालयमा सूचात्मक काम गर्नुस् । बाढीलगायत प्राकृति विपतीमा होस् सहयोग गर्न अघि बढ्नुस् । सुसंस्कृति रुपमा अघि बढ्नुस्, उनले भने, ‘अरुको छाडा प्रवृत्तिलाई अपनाउने काम नगरौँ । गतिछाडापनमा हामी विश्वास गर्दैनौँ । त्यसैले इमान्दार र निष्ठा हामीमा हुनुपर्छ ।’

अखिल फोर्सलाई के नाम दिँदा उपयुक्त हुन्छ त्यतातिर पनि ध्यान पुर्याउन पुनः उनको सुझाव छ । उनले भने, ‘उहिले बनेको अखिल फोर्सलाई के भन्दा ठीक हुन्छ भोलिन्टिएर, स्वयंसेवक वा अन्य के भन्दा ठीक हुन्छ विचार गर्नुस् । एउटाले फोर्स बनायो हामी पनि के कम । एउटाले आँखा तर्यो हामी पनि के कम । तर्सेर र भाग्ने कुरा आउँदैन । मैदान छाडेर भाग्ने कुरा पनि आउँदैन । निहुँ खोज्ने काम पनि गर्न हुँदैन । विच्काउने काम पनि गर्न हुँदैन । हामीले गलत कुराको सामना गर्नुपर्छ तर, सही कुरा अपनाउनुपर्छ ।’

यसैगरी अहंकारी नेता र बेइमानीको पछि नलाग्न पनि नेता नेपालको सुझाव छ । ‘अहंकारी नेता र बेइमानको पछि नलाग्नुस् । इमान्दार, निष्ठा, लगनशिल बन्नुस् । मान्छेलाई घमण्डले सिध्याउँछ । घमण्डले नै राजा, शिसुपाललाई अन्त्य गरिदियो । अरुको मानहानी गर्नेबाट कहिल्यै प्रेरणा नलिनुस्,’ उनले भने ।

हामीले अक्सिजन लिने हो कार्वनडाइअक्साइड होइन ।

You might also like

Comments are closed.