सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले जानकारी दिए ।
नदीको सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको छ भने रेडियो मेलम्चीको भवन पनि बगाएको छ । असार १ को भीषण बाढीपछि लयमा फर्कन लागेको मेलम्ची आसपासका स्थानीय शनिबार राती आएको बाढीले फेरि त्रसित भएका छन् । नदिले कटान गरेको बस्ती र अन्य संरचना जोगाउन मेलम्ची र हेलम्बु क्षेत्रका स्थानीय बाढी गएदेखी नै निरन्तर लागिरहेका थिए ।
शनिबार बेलुकी आएको बाढीले यस अघि बाकी रहेका भौतिक सरचनामा क्षति पु-याएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए । एसपी अधिकारीका अनुसार हिजो बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ ।
त्यस्तै ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ भने नदीको सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको छ । एसपी अधिकारीका अनुसार रातीको बाढी पछि हेलम्बुको चनौटे बजार बाटै नदि बगेको स्थानीयले जानकारी दिएका छन् । राती बाढी आएपछि नदि आसपासका स्थानीयमा भागदौड भएको थियोे । अहिले बाढी प्रभावित क्षेत्रमा नेपाली सेना,प्रहरीको थप टोलि परिचालन गरेको छ । यस खबर आजको राजधानी दैनिकमा प्रकाशित गरिएको छ।
Comments are closed.