Nepal's First Video FM

बाढीले रेडियो मेलम्चीको भवन र चनौटेको रातोपुल बगायो

286

मेलम्चीमा गएराति आएको बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ। यसअघिकाे बाढीले क्षति पुगेको रेडियोको भवन गएरातिको बाढीले बगाएको हो ।

तीन तलाको रेडियोको भवन त्यतिबेला दुई तला डुबानमा परेको थियो । गएरातिको बाढीले पूरै भवन नै बगाएको हो । बाढीले पुल बगाएपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा सडक सञ्जाल टुटेको छ। ​​ चनौटेस्थित रातोपुल बाढीले बगाएपछि हेलम्बु गाउँपालिका सडक सञ्जालबाट टुटेको हो।

मेलम्ची ७ र ८ पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पको पुल गएराति देखि उर्लिएको बाढीले बगाएको हो। असार १ गते आएको बाढीले जोखिममा रहेको पुल गएराति उर्लिएको बाढीले बगाएको हो।

You might also like

Comments are closed.