Nepal's First Video FM

‘माधव नेपालले आज नयाँ पार्टी घोषणा गर्दैछन’: गोकुल बाँस्कोटा

203

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले वरिष्ट नेता माधवकुमार नेपालले आज (बुधबार) नयाँ पार्टी घोषण गर्ने दाबी गरेका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत बाँस्कोटाले नेपालले आज केन्द्रीय कमिटी बैठकमा ‘एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने’ दावी गर्नु भएको हो ।

नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । ११ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टी एकताका बारेमा छलफल गर्ने बताइएको छ ।

बास्कोटाले मंगलबार साँझ ट्वीटरमा लेख्नुभएको छ– ‘क्वलीटीमा भोली माधव कम्रेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी मओवादी पार्टीमा जाने ढोका खोल्ने र अन्तत भाइ कांग्रेस भई नयाँ अग्रगामी इतिहास रच्ने लास्ट प्रयास गर्ने ।’

नेता नेपालले यसअघि राष्ट्रिय सभामा खिमलाल देवकोटालाई कलम चिन्ह लिएर गठबन्धनको तर्फबाट चुनावमा उठाउनुभएको थियो ।
यस्तै नेपाल निकट जीवन राईले चुनाव चिन्ह कलम राखी नेकपा (एकीकृत) नामक दल दर्ता गराउनु भएको छ ।

You might also like

Comments are closed.