Nepal's First Video FM

लुम्बिनी प्रदेशसभा कि सांसद विमला फेरी माओवादी केन्द्रमै फर्किइन्

284

काठमाडौं – लुम्बिनी प्रदेशसभाकि सांसद विमला खत्री ओली फेरी माओवादी केन्द्रमै फर्किएकि छिन्। माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’लाई फोन र म्यासेज गरेर ओलीले आफू माओवादीमै रहेको बताएकी हुन्।

‘विमला कमरेडले हाम्रो दलको नेता सोनाम कमरेडलाई फोन र एसएमएसमार्फत माओवादीमै भएको जानकारी गराउनुभएछ,’ माओवादी केन्द्रका एक सांसदले भने,‘विमला कमरेड अहिले पार्टीकै सम्पर्कमा हुनुहुन्छ। दिउँसो पत्रकार सम्मेलन गरेर आफ्नो पार्टीको संलग्नताका विषयमा सबैलाई जानकारी गराउनु हुने छ।’

सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलानुसार नेकपा ‘विघटन’ भएर एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि ओलीले वैशाखमा पत्रकार सम्मेलन गररै आफूले माओवादी केन्द्र रोजेको बताएकी थिइन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेको र फेरि सत्ता परिवर्तनको (खेल) सुरु भएपछि ओली एमालेमै फर्किएको भन्दै विज्ञप्ती जारी भएको थियो।

ओलीको नाममा जारी विज्ञप्तीमा आफू सूर्य चुनाव चिह्नबाट चुनावमा निर्वाचित भएकाले माओवादी केन्द्र रोज्नु कानुनी रुपमा समेत ठिक नहुने भएकाले एमालेमै ‘फर्किएको’ उल्लेख थियो।

You might also like

Comments are closed.