Nepal's First Video FM

प्रधानमन्त्रीले चाहेमा आफू सरकारमा सहभागी हुन तयार : कांग्रेस सांसद गगन थापा

198

काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीले चाहेमा आफू सरकारमा सहभागी हुन तयार रहेको बताएका छन्। तर संयुक्त सरकारमा आफूलाई मन्त्री बनाउनका लागि प्रधानमन्त्रीलाई दबाब नदिने उनको भनाई छ।

बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै थापाले यो बेलाको सन्दर्भमा कुनै मन्त्रालयको जिम्मेबारी दिएर काम गराउनुपर्छ भन्ने प्रधानमन्त्रीलाई लागेमा मन्त्री भएर काम गर्न तयार रहेको बताए। थापाले संयुक्त सरकारका आफ्नै सीमा हुने भएकाले अप्ठ्यारो बेला आएको सरकारमा प्रधानमन्त्रीलाई फ्रि भएर काम गर्न दिनुपर्ने बताए।

१२–१५ महिनाको समयभित्र महत्वपूर्ण कामहरु सम्पन्न गर्नुपर्ने र यो बेला प्रधानमन्त्रीलाई फ्रि भएर काम गर्न दिनपर्ने उनले बताए ।

You might also like

Comments are closed.