Nepal's First Video FM

काठमाडौंमा पेस्तोलसहित तीन जना पक्राउ

316

काठमाडौं – काठमाडौंमा पेस्तोलसहित तीन जना पक्राउ परेकका छन्। बुधबार साँझ महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगरलाई पक्राउ गरेको हो।

गोङ्गबु विजी मलअगाडि सडकमा जाँचका क्रममा स्कुटर छोडेर भागेपछि प्रहरीले पिछा गर्ने क्रममा आरके रेष्टुराँमा लुकेर बसेका उनीहरूलाई पक्राउ गरिएको हो।

साथै उनीहरुको साथबाट एक थान पेस्तोल, एक थान म्यागजिन, पाँच राउण्ड गोली, दुई थान खुकुरी र गाँजा बरामद गरेको छ। पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।

You might also like

Comments are closed.