Nepal's First Video FM

आजदेखि देशभर भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

231

आज देखि देशभर कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । गत असार २९ गतेदेखि भेरोसेलको पहिलोमात्रा लगाएकालाई आजदेखि दोस्रो खोप दिन लागिएको हो।

सो खोप अभियानमा ५५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई पहिलो डोज खोप दिइएको थियो। आजबाट सुरु हुने अभियानमा पहिलो डोज खोप लगाएको २१ दिन पुगेका सबै व्यक्तिलाई दोस्रो डोज खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

खोपका लागि ५५ वर्षमाथिका उमेर समूह, अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा विदेश जाने नागरिकका लागि छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको विभागको भनाइ छ।

You might also like

Comments are closed.