चैत्र ३, विश्वकप छनोटको प्ले अफमा नेदरल्याण्ड्सले नेपाललाई १९० रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
टस जितेको ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १८९ रन बनायो ।
नेपालका सोमपाल कामीले ४ विकेट लिए भने ललित नारायण राजवंशी र सन्दिप लामिछानेले २-२ विकेट हात पारे । प्रतियोगितामा पहिलो पटक मौका पाएका भेट्रान बलर शक्ति गौचनले १ विकेट आफ्नो नाममा लेखाएका छन् ।
एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँ मात्र हो । यद्यपि आजको नेपालको खेल एकदिवसीयमा पर्दैन । नेपालले पाएको एकदिवसीय मान्यता विश्वकप छनोट प्रतियोगितापछि मात्र लागू हुनेछ । अनलाइनखबर
Comments are closed.