Nepal's First Video FM

जेठ २ को अवस्थामा फर्किनु, जन्मेको बच्चा पेटभित्र पठाउ भने जस्तै हो : नेता बस्नेत

246

काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतले अघिल्लो सरकारले गरेका काम उल्ट्याए युवा संघले विद्रोहको नेतृत्व गर्ने चेतावनी दिएका छन्।

शनिबार एमाले निकट युवा संघको बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले युवा संघ भूमिहीन र सुकुम्वासीको पक्षमा लाग्ने भएकाले युवा संघले क्रान्तिलाई सहयोग गर्न पनि आग्रह गरे। ‘देउवालाई मत दिन गएका साथीहरु अहिले घर न घाटको भएका छन् । ‘विगतको सरकारले गरेका काम वर्तमान सरकारले उल्ट्यायो भने जनताको आन्दोलन फेरि उठ्छ । त्यो आन्दोलनलाई राष्ट्रिय युवा संघले सशक्त नेतृत्व गर्छ’ बस्नेतको भनाइ छ।

यस्तै नेता बस्नेताले माधव नेपाल पक्षले भनेजस्तो एमाले अब जेठ २ को अवस्थामा फर्कने कुनै सम्भावना नभएको पनि बताएका छन्।
एमालेलाई जेठ २ को अवस्थामा फर्काउने कुरा जन्मेको बच्चा पुन पेटभित्र राख्नुजस्तै भएको टिप्पणी गरे।

‘एमाले अब जेठ २ गतेको अवस्थामा पुग्न सम्भव छैन । यो त जन्मेको बच्चा पेटभित्र पठाउ भनेजस्तो हो’ बस्नेतको भनाइ छ ।

उनले केही नेताहरु अनेक आर्थिक प्रलोभन, ठेक्कापट्टा र मन्त्री बन्ने लोभमा देउवाको पक्षमा मतदान गर्न गएको भन्दै उनीहरु नेताहरुलाई पार्टीमा फर्कन यही साउन २४ गतेसम्मको अध्यक्षले म्याद दिएको र त्यसलाई कमजोरी नठान्न चेतावनी दिए । न बालुवाटारको न बालकोटको ? २४ गते केन्द्रीय कमिटी बैठक बस्दै छ त्यसबेला सम्म निर्णय गर्नुस् पार्टीमा फर्कनुस्’

You might also like

Comments are closed.