काठमाडौं – पुरातात्विक तथा धार्मिक महत्त्वको बहुमूल्य धर्मग्रन्थ विक्री गरेकाे भन्दै नगद १३ लाख ७९ हजार रुपियाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई गोकर्णेश्वर नगरपालिका-८ आरुबारीबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं माकलबारी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-१ घर भएका २० वर्षीय आशिष लामा तामाङ र काठमाडौं महानगरपालिका-७ चावहिल सरस्वतीनगर बस्ने भोजपुर रामप्रसाद गाउँपालिका-७ घर भएका ३० वर्षीय रजिन राई रहेका छन् ।
गोकर्णेश्वर नगरपालिका-८ आरुबारी बस्ने उदयपुर चौदण्डिगढी नगरपालिका-८ घर भएका एक पुरुषलाई साउन १४ प्राचीन पुरातात्विक बौद्ध ग्रन्थको तीन करोड ८५ लाख रुपियाँमा खरिद बिक्री गर्ने भन्दै झुक्याइ उक्त नगद ठगी गर्ने कार्यमा संलग्न रहेका उनीहरुलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
Comments are closed.