Nepal's First Video FM

क्यान्सर अस्पतालका कानुन अधिकृतमाथि आक्रमण ! को हुन् आक्रमणकारी पढ्नुहोस् !

466

चैत्र ३ , भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटा माथि आक्रमणको प्रयास भएको छ ।

शनिबार बिहान नौ बजेतिर भरतपुर माछामुच्छ्रे चोकमा मोटरसाइकल चढेर आएका नेकपाका दुई कार्यकर्ताले सापकोटालाई रोकेर आक्रमण गर्न खोजेका थिए ।

‘कपाल काँटेर घर तिर र्फकदै थिए मोटरसाइकल रोकेर गोर्कण भन्ने तैं हैनस् भनेर डिजेल हालिदिए’ सापकोटाले भने, ‘म भागेपछि अरु मान्छे जम्मा भए, उनीहरु भागे ।’

घट्नास्थल वरपर नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा भेटिएको स्थानीयले बताएका छन् ।

घटनामा विप्लव माओवादीको संग्लनता देखिएपनि अहिलेसम्म कसैंलाई पक्राउ नगरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दीपक थापाले बताए ।

उनीहरुको खोजी कार्य भइरहेको छ । अनलाइनखबर

You might also like

Comments are closed.