काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २५ गतेदेखि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका साढे १३ लाख जेष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाउने भएको छ।
सरकारले जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनका लगाउने तयारी गरेको हो।
परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले साउन २५ गतेदेखि कोभिसिल्डको पहिलो डोज लगाएकालाई एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाउने तयारी भइरहेको जानकारी दिए।
जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख डोज एस्ट्राजेनका खोप उपलब्ध गराउँदै छ। जसमध्ये भोलि र पर्सी दुई चरणमाा चार/चार लाख डोज खोप नेपाल आउँदै छ। बाँकीआठ लाख डोज खोप १० दिन पछि आउने बताइएको छ।
भुटानले दिएको ३ लाख डोज एस्ट्राजेनका खोप आजै नेपाल आइसकेको छ।
Comments are closed.