काठमाडौं – प्रहरीले खसीको मासु भन्दै बाख्राको मासु काटेर मिसाई बेच्ने गिरोहलाई पक्राउ गर्न सफल भएको छ । महानगरीय प्रहरी बृत्त कालीमाटीले कामपा- १४ कलंकीस्थित खसीबजारबाट ४ जनालाई पक्राउ गरेको हो।
जिउँदो खसी बेच्ने प्रयोजनमा राखिएको खसी पसलमा खसीको मासुसँगै बाख्री पनि काटेर मिसमास पारी खसीकै मासु भनेर महंगाेमा बिक्री गरेको पाइएपछि उनीहरूलाइ पक्राउ गरिएकाे हाे । बजार अनुगमन गर्ने क्रममा महानगरीय प्रहरी वृत्त कालीमाटीले उनीहरुलाई पक्राउ गरेकाे जनाएको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटी प्रमुख डिएसपी अपिलराजका अनुसार पक्राउ पर्नेमा भारत विहारका ६७ वर्षीय गुलामरसोल क्रोसिल, २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसी रहेका छन् ।
Comments are closed.