Nepal's First Video FM

सरकारले बाढी पीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेको भन्दै प्रचण्ड असन्तुष्टि

536

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढी पीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

अध्यक्ष दाहालले आइतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढी पीडितहरुसँगको भेटमा सरकारले सिन्धुपाल्चोक जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेपनि घोषणा अनुसार कामलाई तीव्रता दिन नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको हो ।

सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद संकटग्रस्त जिल्ला त घोषणा ग¥यो तर त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलापहरु त्यहीँ अनुसार तीब्रताका साथ अगाडी नबढेको उहाँले उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले सो क्षेत्रका बाढी पीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घचघच्याउने र उत्प्रेरित गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले आफ्नो पार्टीको तर्फबाट पनि सो क्षेत्रका बाढी पीडितलाई सकेको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

You might also like

Comments are closed.