Nepal's First Video FM

फुटबलका हस्ति मेसीले रुँदै भने- म बार्सिलोना छाड्न तयार थिइनँ ( भिडियो सहित)

389

काठमाडौं । बार्सिलानोबाट बिदा हुने निश्चित भएका क्लबका पूर्वकप्तान लियोनेल मेसीले आफू यसका लागि तयार नभएको बताएका छन् ।

क्लबबाट बिदा हुने निश्चित भएपछि आफैँले आयोजना गरेको पत्रकार सम्मेलनलाई भावुक हुँदै सम्बोधन गरेका मेसीले यो एकदमै कठिन क्षण भएको बताए ।

‘यो एकदमै कठिन छ, म यो परिस्थितिका लागि तयार थिइँन,’ उनले भने, ‘गत वर्ष म क्लब छोड्नका लागि तयार थिएँ । तर, यो वर्ष मेरो परिवार र म बार्सिलोनामै आफ्नो बसाइ लम्ब्याउने योजनामा थियौं ।’

‘आज मैले ‘गुड-बाई’ भन्नुपर्छ, म यहाँ १३ वर्षको हुँदा आइपुगेको थिएँ,’ उनले भने, ‘र, २१ वर्षपछि आज मेरी श्रीमती र छोराछोरीसँग बिदा हुँदैछु ।’

You might also like

Comments are closed.