Nepal's First Video FM

यसरी गरियो सरस्वती बहुमुखी क्याम्पसद्धारा दृष्टिविहिन परीक्षार्थी सावित्री पौडेलमाथि अन्याय

571

संगीता राई
चैत ३, कलेजको लापर्वाहीले कतिसम्म विद्यार्थीको भविष्यमाथि खेलवाड गर्दछ भन्ने कुरा प्रस्टै छ । जुन काठमाडौँको लेखनाथमार्ग सोह्रखुट्टेस्थित सरस्वती बहुमुखी क्याम्पसमा चलिरहेको एम.ए. दोस्रो वर्षको परीक्षामा सामेल फरक क्षमता (दृष्टिविहिन) भएका परीक्षार्थी सावित्री पौडेलमाथि भयो ।

यही फागुन ३० गतेबाट एम.ए. दोस्रो वर्षको परीक्षा सुरु भएको थियो । पहिलो दिनमै परीक्षा दिन गएकी सावित्रीेलाई उक्त क्याम्पस परीक्षा शाखाका शिक्षकले त्रिभुवन विश्व विद्यालयको सिफारिस मागेका थिए र बिना परीक्षामा सामेल गर्न मिल्दैन भने ।

त्यसपछि परीक्षार्थी पौडेलले भनिन्-“हुन्छ सर, म तपाईले भन्नु भएकै प्रक्रिया गर्छु तर थप समय दिनुस् ।” यो कुरा सुनेर सर झन् झर्किदै भन्नुभयो-“के थाहा आफुभन्दा सिनियर व्यक्ति ल्याएको होकी कसरी थाहा हुन्छ ?”

यसरी एउटा दृष्टिविहिन परीक्षार्थी सावित्री पौडेलमाथि शङ्का गरियो । जुन अहिलेसम्म आफुले पढेको कलेजले बनाइदिएको सिफारिसबाट नै आफ्नो सहयोगी राख्न पाउँछ ।

तर, अर्को दिन त्रि.वि.को कार्यालय बल्खुमै गएर सावित्रीले सिफारिस बनाएर परीक्षा केन्द्र सरस्वती बहुमुखी क्याम्पसमा बुझाईन् । थप उनी भन्छिन्-“नत नियम परिवर्तन भएको जानकारी कलेजले नै दियो ।”

चैत २ गते परीक्षाको दोस्रो दिन थियो । अघिल्लो दिनकै सहयोगीको साथमा Theory Method & Statistics (507) विषयको परीक्षा दिन हलमा पुगिन् सावित्री । तर, त्यो दिन दिनुपर्ने विषयको प्रश्नपत्र पुरानो विषयको को कोड नं. ५५७ मा समावेश भएको थियो ।

सहयोगीको भरमा लेख्नुपर्ने भएकाले नत उनी प्रश्नपत्र राम्रोसँग पढ्न पाईन्, नत अफिसका शिक्षकहरले नै जानकारी दिए । प्रश्नपत्रको कोड नं. गलत भएको र ५०७ को प्रश्न ५५७ मा समावेश भएको त्रि.विबाट निर्देशन प्राप्त भएपनि दृष्टिविहिन सावित्रीलाई भने जानकारी दिइएन ।

जबकी उनी परीक्षा हल बाहिर निस्किन र साथीसँग एकअर्का बीच छलफल गर्दा थाहा पाईन ३ घण्टा लेखेको प्रश्नपत्रको कोड नं. गलत भएको रहेछ । उनीसँग थप १ घण्टा समय बाँकी भएकोले सरसँग उत्तरपुस्तिका मागिन् तर सरले भन्नुभयो-“मलाई थाहा छैन, त्रि.वी मै जानुस् । “

सिटिजनसँग कुरा गर्दै पौडेल भन्छिन्-“अरुलाई थप १५ मिनेट समय दिइयो तर मेरो थप १ घण्टा समय भएपनि उत्तरपुस्तिका दिइएन । जुन प्रश्नउत्तर गरेकी छु त्यही आधारमा पास हुने सुनिश्चितता दिनुपर्यो कि त त्रि.वीले पुन: परीक्षा दिन पाउनुपर्यो ।” सावित्री पौडेल पद्यकन्या बहुमुखी क्याम्पस एम.ए. दोस्रो वर्षमा अध्ययनरत छिन् ।

You might also like

Comments are closed.