Nepal's First Video FM

हरेक दिन ६ प्रतिशतका दरले आइसीयू र भेन्टिलेटरका बिरामी बढ्दै

188

काठमाडौँ, कोरोना संक्रमणको तेस्रो लहर सुरु हुने आँकलनसँगै अस्पतालमा भर्ना हुने बिरामीको संख्या पनि बढ्दै जान थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक केलाउने हो भने आइसीयूमा भर्ना हुने बिरामीको संख्या दिनहुँ ६ प्रतिशतका दरले बढ्न थालेको छ।

आइतबारको तथ्याङक अनुसार देशभर आईसीयूमा भर्ना हुनेको संख्या पाँच दिनमा १० प्रतिशतले बढेर ८०२ जना पुगेको छ।

त्यस्तै, भेन्टिलेटरमा भर्ना हुनेको दर एक हप्तामा १४ प्रतिशतले बढेको देखिन्छ भने एक दिनमा ६ प्रतिशतले बढेको पाइएको छ।

सातै प्रदेशको तथ्याङक अनुसार साउन २० गते ७१४ कोरोना संक्रमित आईसीयूमा उपचाररत थिए भने साउन २१ मा ७१३, २२ गते ७३२ र २३ गते ७४६ जना भर्ना भएका थिए।

त्यस्तै, भेन्टिलेटरमा उपचार गराउनुपर्ने मानिसहरुको संख्या पनि बढ्दो रहेको पाइएको छ।

साउन २० गते १५६ जना भेन्टिलेटरमा उपचाररत थिए भने २१ र २२ गते १५८÷१५८, २३ गते १६९ र २४ गतेसम्ममा १८१ पुगेको थियो।

उपत्यकामा पनि कोरोना संक्रमितले अस्पतालहरु भरिन थालेका छन्। अस्पतालमा रहेको भेन्टिलेटर र आईसियुहरुमा बिरामी यही अनुपातमा बढ्ने हो भने अबको पाँच दिनमा सबै आईसीयू र भेन्टिलेटरका बिरामी बढ्ने सम्भावना देखिन्छ। स्रोत हेप्थपोस्ट

You might also like

Comments are closed.