Nepal's First Video FM

खगेन्द्र संग्रौलाको केपी ओली प्रश्न ? धरहरा र रानीपोखरी ओलीले आफ्नै सम्पती खर्चेर बनाएका हुन् ?

283

काठमाडौं । नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले रानीपोखरी र धरहरा केपी शर्मा ओलीले आफ्नै खर्चमा बनाएको जस्तो गरी प्रचार गरेको भन्दै आलोचना गर्नुभएको छ ।

सोमबार एमालेको ११ औं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकारले आफ्नो कार्यकालमा भएका राम्रो कामको पनि जस नदिएको भन्दै गुनासो गर्नुभएको थियो । ओलीले भन्नुभएको थियो, ‘भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, बन्द गर ओली याद आउने चिजहरु ।’

ओलीको उक्त अभिव्यक्तिको लेखक संग्रौलाले सामाजिक संजालमा प्रश्न उठाउनु भएको छ, ओलीले रानीपोखरी र धरहरा आफ्नै खर्चमा बनाएका हुन ? भन्दै प्रश्न गर्नुभएको छ ।

उहाँले सामाजिब सञ्जाल ट्वीटरमा लेख्नुभएको छ– ‘धरहरा र रानीपोखरी खड्गप्रसाद शर्मा ओलीले आफै नक्सा कोरेर, आफ्नै निजी सम्पती खर्चेर, आफै सिमेन्ट, गिट्टी र छड बोकेर, आफ्नै हातले बनाएका हुन् कि कसो ?’ संग्रौलाले ट्वीटरमा लेखेका छन्, ‘नत्र यी दुई चीज ओलीकै पौरख र निजकै गौरव हुन् झै गरी स्वयं ओली र उनका बाहुबली गणले किन यतिसाह्रो कर्कश बकबक गरेका ? ’

You might also like

Comments are closed.