काठमाडौं – बिहीबारदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ । पछिलो समय भीडभाड बढ्न लागेपछि कोरोना नियन्त्रण गर्न रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले बिहीबारदेखि लागू हुने गरी बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । ‘अब राति ८ बजेभन्दा अगाडि आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने छ,’ उनले भने ।
रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिए पनि अत्यावश्यक सवारीसाधन सञ्चालनमा भने रोक नलगाइएको उनले बताए । उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्म थप गरिएको छ ।
Comments are closed.