Nepal's First Video FM

११ महिनापछि कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त

228

काठमाडौं – आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएको ११ महिनापछि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएका छन् ।सोमबारको बसेको मन्त्रिपरिषद्‌ बैठकले घिसिङलाई नियुक्ती गरेको हो ।

घिसिङ प्राधिकरणबाट २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका थिए । उक्त निर्णयको व्यहोरा मन्त्रिपरिषद्‌को कार्यालयबाट मंगलबार साँझ ऊर्जा मन्त्रालयमा पुगेको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्ताव मन्त्रीपरिषद्ले पास गरेपछि घिसिङ कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । मन्त्री भुसालको प्रस्तावमा नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सम्मानजनक ढंगले जल तथा ऊर्जा आयोगमा पठाइएको छ । शाक्यको सम्मानजनक बहिर्गमनका लागि प्राधिकरणमा खाइपाइ आएको तलब सुविधा उपलब्ध गराउने सर्तमा आयोगमा पठाईएको हो ।

You might also like

Comments are closed.