काठमाडौं। गंगटे सरकारको सहयात्री नबन्ने भन्दै नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन्।
सरकारले राजनीतिक प्रतिशोधबाट पूर्वाग्रही ढंगले स्पष्टिकरण सोधेको भन्दै उनले आज पदबाट राजीनामा दिएका हुन्। सरकारले उहालाई साउन १९ गते स्पष्टिकरण सोधेको थियो। केपी शर्मा ओली नेतृत्वको सरकारले भट्टराईलाई नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो।
पूर्वाग्रही ढंगले पूर्ववर्ती सरकारले नियुक्त गरेका सबै नियुक्ति खारेज गर्ने भन्ने वर्तमान सरकारको घोषित नीति अनुरुप बर्खास्त गर्ने उद्देश्यले आफूलाई सफाई पेस गर्न भनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड २०७७ को दफा ९ को खण्ड ‘घ’ मा व्यवस्था नै नभएको विषयमा आरोप लगाई स्पष्टिकरणको नाटक मञ्चन गरिएको हुँदा आफूले राजीनामा दिएको उनले बताए।
Comments are closed.