काठमाडौं – नेकपा नेता माधवकुमार नेपालले पार्टी भित्रको गलत प्रबृत्तिविरुद्ध नझुकी निरन्तर संघर्ष जारी राख्ने बताएको छ । शनिबार यहाँ आयोजित ‘कम्युनिष्ट आन्दोलनमा अवसरवाद’ नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएको हो ।
नेता नेपालले दक्षिणपन्थी अवसरवाद र उग्रबामपन्थ भड्काउबाट जोगिदै अघि बढ्ने आजको आवश्यकता रहेको बताउँदै आफूहरुका लागि मैदान खाली रहेको पनि चर्चा गरे । पार्टीभित्र अहंकार र अवसरवाद हावी भएकै कारण आन्तरिक समस्या निम्तिएको उनले टिप्पणी गरे ।
एमाले पार्टी एकता र आन्तरिक समस्या समाधानको पहल भएपनि अपमान सहेर आफू एकता नगर्ने नेता नेपालले बताए । समान हैसियतमा पार्टी एकता भएमात्र आफूलाई सह्य हुने भन्नुहुँदै नेता नेपालले भने, “नेता बामदेव गौतमकोजस्तो अपमान सहेर पार्टीभित्र घर न घाटको भएर बसिन्न ।” अन्तिम समयसम्म आफू पार्टी एकताको पक्षमा रहने तर अवस्था अनुकुल नभए अलग बाटो हिड्ने पनि उनले प्रष्ट पारे ।
यसअघिको निर्वाचनमा जनताले एमालेलाई बहुमत दिएपनि एमालेले जनविश्वास कायम राख्न असफल भएको पनि नेता नेपालले बताए। असहज बाटो हिड्ने आफूलाई रहर नभए पनि माग सुनुवाई नभए त्यो बाटो हिड्न बाध्य हुने उनले चेतावनी दिए। गलत प्रबृत्तिसँग कहिल्यै सम्झौता नगर्ने र पिठ्यूँ फर्काएर नभाग्ने
उनको भनाइ छ।
Comments are closed.