Nepal's First Video FM

काठमाडौँसहित देशका केही स्थानमा एकदुई दिन झरी पर्ने सम्भावना

244

काठमाडौं – काठमाडौँसहित देशका केही स्थानमा एकदुई दिन झरी पर्ने सम्भावना रहेको छ । नेपालमा मनसुन सक्रिय रहेकाले झरी पर्ने सम्भावना बलियो भएको हो ।

अहिले मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक छ । नेपालमा अहिलेसम्म मनसुनी सिजनमा पर्ने पानीको आधा पानी परिसकेको छ । मौसमविद् बरुण पौडेलले भने,“मनसुनी सिजनमा पर्ने पानीको आधा पानी नेपालमा परिसकेको छ, सेप्टेम्बर अन्तिमसम्म यो चक्र रहन्छ, यो चार महिनाको अवधिमा कति पानी पर्छ पुरै अवधिपछि मात्रै थाहा हुन्छ ।”

मनसुनको अवधि चार महिनाको रहने गरेको उनले बताए। मनसुनी न्युन चापीय रेखा नेपालमै रहेको र अहिले सक्रिय रहेकाले अबको केही दिन नेपालको केही स्थानमा झरी पर्ने सम्भावनासमेत रहेको उनले बताए । “प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ, “उनले भने,”

आज देशका धेरैजसो ठाउँमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने काठमाडौँलगायतका स्थानमा एक-दुई दिन झरी पर्ने सम्भावना छ ।” अहिले मनसुन सक्रिय रहेको जानकारी दिए ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

You might also like

Comments are closed.