एजेन्सी – तीव्र रुपमा अफगानिस्तानका सहरहरु नियन्त्रणमा लिइरहेको विद्रोही संगठन तालिवानले आफूले कसैसँग बदला नलिने बताएको छ ।
बीबीसीसँग कुरा गर्दै तालिवानका प्रवक्ता जाबिउल्लाह मुजाहिदले अफगानिस्तानका कुनै पनि नागरिकसँग बदला नलिने बताएका हुन् ।
उनले भने, ‘हामी अफगानिस्तानका नागरिक, विशेष गरी काबुल शहरमा रहेका मानिसलाई विश्वस्त पार्न चाहन्छौँ कि उनीहरुको सम्पत्ति र जीवन सुरक्षित छ । कोही कसैसँग बदला लिइने छैन ।’
Comments are closed.