Nepal's First Video FM

एमालेको स्थायी कमिटी बैठक बस्दै

209

नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाइएको छ । मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउनुभएको हो । स्थायी कमिटीको बैठक सकिएपछि संसदीय दलको बैठक बस्ने बताइएको छ ।

दुवै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि बोलाइएको छ ।संसद् अन्त्य गरिएकाले नियमित बैठक बस्न लागेको बताइएको छ । संसद् अधिवेशन अन्त्य हुँदा र शुरु हुँदा दलको बैठक बस्नु नियमित प्रक्रिया नै भएको भन्दै बैठक बोलाइएको हो ।

सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि बोलाइएको यो बैठकलाई महत्वका साथ हेरिएको छ ।

You might also like

Comments are closed.