काठमाडौँ, सुनको भाउ बढेर ९१ हजार रुपैयाँ पुगेको छ। मंगलबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९० हजार ५०० रुपैयाँ तोकिएको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ।
Comments are closed.