Nepal's First Video FM

पहिलो महिला मुख्यमन्त्री – अष्टलक्ष्मी शाक्य बागमतीको नियुक्त, आजै शपथ

427

काठमाडौं- नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी छन्।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त मुख्यमन्त्री शाक्यले आजै साँझ ९ बजे शपथ लिने तयारी भएको बागमतीका प्रदेश सभा सदस्य रामेश्वर फुयाँलले बताए।

बुधबारको संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्यलाई दलको नेता चयन गरिएको थियो।

बागमती प्रदेशमा एमालेका बहुमत सांसद भएकाले त्यसैलाई देखाएर शाक्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो। प्रदेश ससभामा कूल १०९ जना सदस्यमध्ये एमालेका ५५ जना छन्।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार नै एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्। तर, बागमती प्रदेश सभामा रहेका कति जना उनको पक्षमा लाग्छन् भन्ने स्पष्ट भइसकेको छैन। शाक्य यसअघि नेपाल पक्षमै थिइन्। तर, उनले विभाजनमा साथ दिइनन्।

You might also like

Comments are closed.