काठमाडौं – एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदले कारबाही रोक्न माग गर्दै निवेदन लिएर संसद् सचिवालय गएका छन् । नेकपा एमालेले मंगलबार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको जानकारी संसद सचिवालयमा दिएका थिए ।
एमालेले ह्वीप उल्लंघन गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, कुमुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरावेदी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुत, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरीमाथि पार्टीले कारबाही गरेको जानकारी संसद सचिवालयमा जारकारी दिएको थियो ।
यही कारबाही रोक्न माग गर्दै १४ सांसदको संयुक्त पत्र लिएर सांसद विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय गएका हुन् । विरोध खतिवडाले अहिले आफूहरु संसद सचिवालयमै रहेको जानकारी दिए ।
Comments are closed.