काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनका दलहरुबीचमा मन्त्रिपरीषद् विस्तार जतिसक्दो चाँडो गर्ने समझदारी भएको बताएको छ । बिहीबार आयोजित एक्काईसौं शताब्दीको माक्र्सवाद र समाजवाद विषयक अन्तरक्रिया कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विहीबार विहान प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल लगायतका दलहरुबीचमा भेट भएको पनि बताएको छ ।
नेकपा एमाले विभाजनसँगै वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा आवेदन गर्नुभएको छ । पछिलो समय जनता समाजवादी पार्टी विभाजनपछि महन्थ ठाकुर पक्षले पनि जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा आवेदन गरेको छ । यी दलहरुको सनाखत भएपश्चात् विभाजित दलहरु थप टुंगोमा पुग्नेछन् । दलहरुको सनाखत भएको एकैैदिन अर्थात् छिाटेभन्दा छिटो मन्त्रीपरिषद् विस्तार गर्ने छलफल सत्तारुढ गठबन्धनका दलहरुबीच्मा भएको प्रचण्डले बताएको छ ।
एमले विभाजनसँगै देशको राजनीतिक परिस्थति अर्कै मोडमा पुगेको बताउदै उनले कम्युनिष्ट आन्दोलन र क्रान्तीहरुबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै अघि बढ्नुपर्ने धारणा राखे। जसपाका नेता बाबुराम भट्टराई समेत उपस्थित उक्त कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनमा वर्तमान अवस्थामा सिर्जित परिस्थतीलाई सकारात्मक र रचनात्मक बहस दिनुपर्ने विचार उनले व्यक्त गरे ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा संविधान र लोकतन्त्र मास्न अध्यादेश ल्याएको अध्यक्ष प्रचण्डले आरोप लगाउएको छ । तर अहिले प्रधानमन्त्री देउवा सरकारले संविधान र लोकतन्त्र रक्षाका लागि अध्यादेश ल्याउनुपरेको समेत स्पष्ट पारे। यही विषयमा बोल्दै उनले वर्तमान परिस्थतिमा कम्युनिष्ट आन्दोलन र विचारलाई विचलन र विसर्जनको बाटोमा फस्न सक्ने खतराप्रति पनि चनाखो हुनुपर्ने बताए ।
Comments are closed.