काठमाडौँ, वाग्मती प्रदेशको राजधानी हेटौंडामा पार्टी एकताका लागि भन्दै ‘कुर्सी’ साटासाट गर्ने सहमति संगै मुख्यमन्त्री डोरमणि पौडेलले पद बाट रजिनाम दिएका छन।
मुख्यमन्त्रीको सरकारी निवासबाट ‘एक्जिट’भए पनि राजनीतिमा सत्ता हस्तान्तरण नौलो कुरा होइन। तर, जब डोरमणि मुख्यमन्त्री निवासबाट बाहिरिए, त्यो कुनै ‘विजय र्याली’ भन्दा कम थिएन। भनौं – ओलीको बालुवाटारबाट बहिर्गमनको दृश्य डोरमणिले दोहोर्याएर प्रदर्शन गर्दै थिए।
कालो गाडीको सन रुफमा उभिएर हात हल्लाउँदै मुख्यमन्त्री कार्यालयबाट निस्किएका डोरमणिका चारैतिर मोटरसाइकलको स्कर्टिङ थियो। नेकपा एमालेका कार्यकर्ताहरु ‘पार्टी एकता जिन्दावाद्’ भन्दै डोरमणिको पक्षमा नारा लगाइरहेका थिए।
यस्तै बालुवाटारबाट ओली बाहिरिँदा बालकोटसम्म युवा संघ र युथ फोर्सका कार्यकर्ताहरु अघिपछि थिए। ओलीले बार्दलीमा गएर भाषण गरे। माधवकुमार नेपाललाई ‘गद्धार’ को संज्ञा दिए।
माधव नेपालले नेकपा एमाले (समाजवादी) गठन गरिरहँदा ओली निकट डोरमणि पौडेल भने माधव नेपाल निकट अष्टलक्ष्मी शाक्यलाई ‘मुख्यमन्त्रीको कुर्सी’ दिएर हेटौंडा नगरको परिक्रमामा हिँडे।
Comments are closed.