Nepal's First Video FM

एमालेको दोस्रो पुस्ताका नेताहरु पार्टी एकताको पहलमा

289

पार्टी विभाजन विरुद्ध उभिएका नेकपा एमालेका नौ जना नेताले एकताका लागि अझै आफूहरु क्रियाशील रहेको जनाएका छन् । उनीहरुले हिजो राती संयुक्त विज्ञप्ति जारी गरी दल विभाजनसम्वन्धी अध्यादेश फिर्ता हुनुपर्ने तथा अध्यक्ष ओलीले १४ जनामाथि गरेको कारवाही रद्द गर्नुपर्ने माग अघि सारेका हुन् ।

विज्ञप्तिमा पार्टीलाई विभाजित र तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षको तर्फबाट १० बुँदे सहमतिको तत्काल कार्यान्वयनका लागि आग्रह गरिएको छ

। ती नेताहरुले आफूहरुलाई एमालेको पदाधिकारीका रुपमा खुलाएका छन् । हालै बाग्मतीको मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी नेतृ अष्टलक्ष्मी शाक्यले पनि एमाले उपाध्यक्षको हैसियतमा विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको छ ।

हस्ताक्षर गर्ने अन्य नेताहरुमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र भिम रावल, उपमहासचिव घनश्याम भुषाल, सचिवत्रय भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

You might also like

Comments are closed.